Logo
६ जेष्ठ २०८१, आईतबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने ओली पक्षको निर्णय

नेकपा एमाले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न जारी राख्ने एमालेको ओली पक्षले निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरू मात्र रहेको स्थायी कमिटीको मंगलबार बसेको बैठकले एकताका निम्ति अन्तिमसम्म प्रयत्न जारी राख्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

त्यस्तै एमाले बैठकमा प्रतिनिधि सभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसमाथि समिक्षा भएको छ ।

साथै बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उप निर्वाचनको समेत बैठकमा समिक्षा भएको छ ।बैठकमा स्पष्टिकरण सोधेका १२ जना नेतालाई कारवाहीबारे बैठकको एजेण्डा नै नभएको प्रवक्ता ज्ञवालीले बताए । उनले एमाले वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको भन्दै आवश्यक परे कार्यदललाई पुनर्गठन गर्न सकिने जानकारी दिए ।

नेकपा एमालेमा पार्टी एकता हुने सम्भावना एकदमै कम रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक पनि संसद् विघटन गरेपछि तत्कालीन एमालेका नेता माधव नेपाल पक्षले विरोध जनाउँदै विपक्षि गठबन्धनसँग हातेमालो गरीरहेका छन् । उनले नयाँ पार्टी दर्ता समेत गर्ने तयारीमा रहेका छन् ।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्