Logo
५ जेष्ठ २०८१, शनिबार
(June 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोना खोप आज काठमाडौं आइपुग्ने

चीनले अनुदानमा दिएको ८ लाख डोज कोरोनाविरूद्धको खोप आज काठमाडौं आउँदै छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा गरेको १० लाख डोज खोपमध्ये करिब ८ लाख डोज खोप आज (मंगलबार) दिउँसो ३ बजे काठमाडौँ आइपुग्ने बताइएको छ ।

उक्त खोप लिन सोमबार राति ११ बजे काठमाडौंबाट एयरबस ए ३३० जहाज बेइजिङ उडेको हो । एयरलाइन्सका अपरेशन डाइरेक्टर दिपु जुहार्चनका अनुसार जहाजबाट आठ लाख डोज खोप ल्याइनेछ।

यसअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाई १० लाख डोज खोप अनुदान दिने घोषणा गरेका थिए। त्योमध्ये बेइजिङबाट ८ लाख डोज ल्याउने जिम्मेवारी आफूहरूलाई दिइएको जुहार्चनले जानकारी दिए।

प्रकाशित मिति: Jun 1, 2021

प्रतिक्रिया दिनुहोस्