Logo
६ जेष्ठ २०८१, आईतबार
(May 31, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिराहामा मदिरा चोरेको आरोपमा असईसहित ३ प्रहरी निलम्बित

जिल्ला प्रहरी कार्यालय सिराहाले रक्सी चोरीको आरोप खेपेका एक प्रहरी सहायक निरीक्षक (असई)सहित तीन जनालाई निलम्बन गरेको छ ।

लहान नगरपालिका वडा नम्बर २३ गढिया चोकस्थित पूजा होटल एवं एसके मदिरा पसलबाट भोड्का रक्सी चोरेको आरोपमा उनीहरुलाई निलम्बन गरिएको सिराहा प्रहरीले जानकारी दिएको छ ।

निलम्बनमा पर्नेमा असई नवलकिशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन् । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत उनीहरूलाई प्रहरी नियमावली २०७१ बमोजिम सोमबारदेखि लागू हुने गरी निलम्बन गरिएको हो ।

गत जेठ ९ गते गस्तीमा खटिएका यी तीन जनाले उक्त पसलमा मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिन लाग्दा पसलका सञ्चालक भागेका थिए ।

त्यस अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिई गएको भिडियो सार्वजनिक भएको थियो ।उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: May 31, 2021

प्रतिक्रिया दिनुहोस्