Logo
६ जेष्ठ २०८१, आईतबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्नलाई हदैसम्म कारबाही गर्न उपप्रधानमन्त्रीको निर्देशन

बाँकेका प्रमुख जिल्लाअधिकारीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले फोन गरी स्वास्थ्यकर्मीहरुमाथि आक्रमण गर्नेहरुलाई हदैसम्म कारबाही गर्न निर्देशन दिएका छन् ।

कोरोना संक्रमितको मृत्यु भएको विषयलाई लिएर बिहीबार (हिजो) राति चिकित्सक र नर्समाथि आक्रमण भएको थियो ।

उक्त बिषयमा जानकारी लिन आज प्रजिअ शिवराम गेलाललाई टेलिफोन गरेका पोखरेलले यो घटना अमानवीय र गम्भीर अपराध भएको बताएका छन् । घटनामा संलग्नलाई हदैसम्म कारबाही गर्न पोखरेलले निर्देशनसमेत दिएका छन् ।

अहिले उक्त घटनाबारे छानविन भइरहेको छ भने, तीन जना पक्राउ परिसकेका छन् ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्