Logo
७ जेष्ठ २०८१, सोमबार
(May 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौंसहित आज देशभरको मौसमा सामान्यदेखि पूर्णतया बदली साथै बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौंमा विहिबार देखिनै बर्षा भइरहेको छ । आजपनि विहान पानी परेर अहिले पानी रोकीएको छ तर मौसम बद्लि रहेको छ । पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारणे देशका अधिकांश स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन्।

देशका हिमाली र उच्च पहाडी भूभागमा हल्का देखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनमा उल्लेख छ।

प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा राति भारी र अति भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।

शुक्रबार राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

उच्च हिमाली र पहाडी भूभागका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातर वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरूमा, बागमती प्रदेश, प्रदेश १ तथा सुदूरपश्चिम प्रदेशका उच्च हिमाली र पहाडी भूभागका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन मौसम पुर्वानुमान माहाशाखा आग्रह गरेको छ ।

प्रकाशित मिति: May 28, 2021

प्रतिक्रिया दिनुहोस्