Logo
५ जेष्ठ २०८१, शनिबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ६९३९ जनामाकोरोना पुष्टि, ७२२६संक्रमणमुक्त र १०६ संक्रमितको मृत्यु

file photo

नेपालमा पछिल्लो २४ घण्टामा थप ६,९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको २० हजार ४१४ जनाको पीसीआर र ५७८ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

त्यसैगरी, २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्।देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १०६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ९५१ पुगेको छ। देशभर एक हजार ९ जना क्वारेन्टाइनमा रहेका छन्।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्