Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन

सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोना संक्रमणबाट निधन भएको छ ।  लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको काठमाडौँस्थित निदान अस्पतालमा आज बिहान ७ बजे निधन भएको मल्लका तत्कालीन स्वकीय सचिव धनसिंह साउदले जानकारी दिए ।

‘उनलाई एक हप्ता पहिले कोरोना संक्रमण देखिएको थियो र निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको बिहीबार अन्त्येष्टि गरिने बताइएको छ ।

चार दशकभन्दा बढीको समय कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्यसमेत भएका थिए ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा उनी सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका थिए । तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो ।

त्यसको करिब दुई वर्षपछि २०७६ सालको कार्तिकमा केपी शर्मा ओली नेतृत्वको सरकारले मल्लसहित सबै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरेको थियो । मल्लका एक छोरा र एक छोरी छन् ।

प्रकाशित मिति: May 27, 2021

प्रतिक्रिया दिनुहोस्