Logo
६ जेष्ठ २०८१, आईतबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज देशभर थप ८६३६ जनामा कोरोना पुष्टि, १६९ संक्रमितको मृत्यु

नेपालमा आज देशभर थप ८६३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ८६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमण हुनेको संख्या ५ लाख २८ हजार ८ सय ४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म ४ लाख ४ हजार ८८७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

देशभर हाल १ लाख १७ हजार २६१ जना सक्रिय संक्रमित रहेका छन् ।यस्तै, पछिल्लो २४ घण्टामा कोरोनाको संक्रमणबाट १६९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ हजार ७०० पुगेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्