Logo
२७ बैशाख २०८१, बिहीबार
(May 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखामा भेटियो संरक्षित कालो सालक

गण्डकी प्रदेश स्थित गोरखामा संरक्षित कालो सालक फेला परेको छ ।

जिल्ला वन कार्यालय गोरखाले गोरखा र धादिङ जोड्ने बुढीगण्डकी नदी किनारमा हिँड्दै गरेको अबस्थामा सालकको उद्धार गरिएको जनाएको छ ।

वन कार्यालयका अनुसार सोमबार आरुघाट गाउँपालिका ९ मा अलपत्र परेको अवस्थामा उक्त सालक भेटिएको हो । भेटिएको सालकलाई गोरखा नगरपालिकाको एक सामुदायिक वनमा ल्याएर छोडिएको कार्यालयले जानकारी दिएको छ ।

गोरखा नगरपालिकाको ठूलो वन क्षेत्रमा पनि यसअघि धेरै पटक सालक फेला परेको कार्यालयले जनाएको छ ।

 

प्रकाशित मिति: May 25, 2021

प्रतिक्रिया दिनुहोस्