Logo
६ जेष्ठ २०८१, आईतबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नागरिकतासम्बन्धी जारी अध्यादेशको राप्रपाद्वारा विरोध

राप्रपाले नागरिकतासम्बन्धी अध्यादेशको विरोध गरेको छ ।

सो पार्टीका अध्यक्ष कमल थापाले राजनीतिक अस्थिरताबीच सरकारले अध्यादेश जारी गरेको भन्दै त्यसको भत्सर्ना गरेका छन् ।

‘नागरिकता विधेयक संसदमा विचाराधीन छ। तर,सत्ता स्वार्थको निम्ति नागरिकता जस्तो संवेदनशील विषयमा पर्याप्त छलफल र सहमति नै कायम नगरी कोरोना महामारी र राजनीतिक अस्थिरता बीच सरकारले जुन अध्यादेश जारी गरेको त्यसको भत्सर्ना गर्दछ’, थापाले ट्वीटरमार्फत भनेका छन् ।

अध्यादेश राष्ट्रहित विपरित र आपत्तिजनक रहेको भन्दै उनले फिर्ता लिन माग गरेका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मधेसी दल जसपाको माग बमोजिम नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।

 

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्