Logo
६ जेष्ठ २०८१, आईतबार
(May 24, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बाँकेमा पुनः थपियो एक साताका लागि निषेधाज्ञा

लुम्बिनी प्रदेश अन्तर्गत रहेको बाँके जिल्लामा जारी निषेधाज्ञा एक साताका लागि पुनः थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकले निषेधाज्ञालाई सात दिन निरन्तरता दिने निर्णय गरेको हो ।

कोरोना संक्रमण नियन्त्रणमा आइनसकेकाले जेठ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने प्रमुख जिल्ला अधिकारी गेलालले बताएका छन ।

कोरोना जोखिमको अवस्था अझै कायम रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

बाँकेमा पाँचौं पटक निषेधाज्ञा बढाइएको हो । जिल्लामा गत वैशाख १३ गतेदेखि निषेधाज्ञा कायम छ । नेपालगञ्ज क्षेत्रमा वैशाख ९ गतेदेखि नै निषेधाज्ञा लगाइएको थियो ।

बाँकेमा पछिल्ला दिनमा मृत्यु र संक्रमणदरमा कमी आएको छ ।

प्रकाशित मिति: May 24, 2021

प्रतिक्रिया दिनुहोस्