Logo
५ जेष्ठ २०८१, शनिबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा १९३ जनाको मृत्यु, थप ७,९१४ जनामा कोरोना पुष्टि

नेपालमा अहिले कोरोना संक्रमणको दोस्रो लहर फैलिरहेको अवस्थामा आज देशभर ७ हजार ९१४ जना कोरोना संक्रमित थपिएका छन् । साथै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९३ मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जना संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २,८२१ काठमाडौँ उपत्यकाका रहेका छन् । जसमा काठमाडौँका १७८१, ललितपुरका ६९४ र भक्तपुरका ३६६ जना छन् ।

पछिल्लो २४ घण्टामा ७,६६४ जना संक्रमण मुक्त भएका छन् ।

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्