Logo
२७ बैशाख २०८१, बिहीबार
(May 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबारमा संसद् विघटनविरुद्ध रिट हाल्न हस्ताक्षर सङ्कलन गर्दै सांसदहरू

सिंहदरवारमा संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायरका लागि विपक्षी गठबन्धनमा रहेका सांसदहरूले हस्ताक्षर सङ्कलन सुरु गरेका छन् ।

सिंहदरबारमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संसदीय दलमा आ–आफ्ना पार्टीका सांसद नागरिकतासहित उपस्थित भएर हस्ताक्षर सङ्कलन गरिरहेका छन् ।

आज विपक्षी गठबन्धनमा रहेका १४९ जना सांसदहरूका तर्फबाट रिट दायर गर्ने तयारी छ ।शुक्रवार सरकारको सिफारिसमा राष्ट्रपतिले शुक्रवार मध्यरातमा संसद् विघटन गरेपछि विपक्षीहरू संसद् पुनर्स्थापनाका लागि सर्वोच्च जाने तयारीमा जुटेका हुन् ।

 

प्रकाशित मिति: May 23, 2021

प्रतिक्रिया दिनुहोस्