Logo
३ जेष्ठ २०८१, बिहीबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गाउँगाउँका संक्रमित खोज्दै वालिङ नगरपालिकाका जनप्रतिनिधि

गण्डकी प्रदेश स्थित स्याङ्जाको वालिङ नगरपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोरोना संक्रमित बिरामी खोज्दै दैनिक गाउँगाउँमा जाने गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा तीव्रगतिमा फैलिरहेको नयाँ भेरियन्टसहित कोभिड-१९ को संक्रमण उच्च भएका बेला वालिङका जनप्रतिनिधि भने स्वास्थ्यकर्मीसहित गाउँगाउँमा पुगेर उपचार गरिरहेका छन् ।

वालिङमा कोरोनाको संक्रमणदर उच्च रहेको र गाउँगाउँका नागरिकमा अझ बढी समस्या देखिएको नगरप्रमुख दिलीपप्रताप खाँण बताउँछन् ।

गाउँमा पुगेर आवश्यकता हेरी एन्टिजेन परीक्षण गर्ने, ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने, आवश्यक पर्ने औषधि दिनुका साथै संक्रमितलाई परामर्श दिने गरिएको नगरप्रमुख खाँडले पालिका खबरलाई बताए ।

नगरका १४ वटै वडामा रहेका आफ्ना नागरिकलाई स्वास्थ्यसम्बन्धी समस्या हुँदा जुनसुकै बेला अस्पतालसम्म ल्याउनका लागि ‘हाइअलर्ट’मा एम्बुलेन्स र अन्य जीप तयारी अवस्थामा राखेको नगरप्रमुख खाँडदले बताए ।

समस्या भएका बिरामीलाई रातदिन नभनी वालिङस्थित गह्राैँ प्राथमिक अस्पतालमा ल्याएर उपचार गर्ने गरिएको छ । नगरपालिकाले गाउँमा स्वास्थ्य परीक्षण तथा औषधि वितरणका लागि दुईवटा टोली गठन गरेर सेवा दिइरहेको छ ।

स्याङ्जा जिल्लाका एघार पालिकामध्ये हालसम्म वालिङमा सबैभन्दा धेरै संक्रमित रहेका छन् ।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्