Logo
५ जेष्ठ २०८१, शनिबार
(May 22, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पछिल्लो २४ घण्टामा १२९ जनाको मृत्यु, थप ८ हजार ९८० जनामा कोरोना पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा थप ८ हजार ९ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर १२९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ।

हाल देशभर १ लाख १५ हजार ८ सय ६ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घण्टामा ८ हजार ८ सय ४८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा १९ हजार ३ सय ५७ पीसीआर र ७४८ एन्टिजेन परीक्षण भएको छ।

प्रकाशित मिति: May 22, 2021

प्रतिक्रिया दिनुहोस्