Logo
१५ बैशाख २०८१, शनिबार
(May 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाको बाबुराम-उपेन्द्र पक्षले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा)को बाबुराम-उपेन्द्र पक्षले केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाएको छ ।

महन्थ ठाकुर पक्षले बहुमत सांसदको उपस्थितिमा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको भोलिपल्टै उपेन्द्र यादव-बाबुराम भट्टराई पक्षले बैठक बोलाएको हो ।

दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने सम्भावना रहेको एक नेताले बताए । जसपाको ५२ सदस्यीय कार्यकारिणी समितिमा दुवै पक्षले बहुमत दावी गरेका छन् ।

जनता समाजवादी पार्टी औपचारिक विभाजनको दिशामा अघि बढेको छ । केपी ओली सकारलाई विश्वासको मत दिने सन्दर्भमा जसपा विभाजित भएको थियो । महन्थ ठाकुर पक्ष तटस्थ रहँदा बाबुराम उपेन्द्र पक्षले विपक्षमा मतदान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत पाउन नसकेपछि उपेन्द्र यादवले वैकल्पिक सरकारका लागि कांग्रेस सभापति शेरवहादुर देउवालाई समर्थन गरेका थिए ।

तर महन्थ ठाकुरले जसपा वैकल्पिक सरकारको पक्षमा नरहेको भन्दै राष्ट्रपतिलाई लिखित जानकारी दिएपछि विपक्षी गठबन्धनले वहुमत जुटाउन नसक्दा ओली नै प्रधानमन्त्री बन्ने स्थिति निर्माण भएको थियो ।

अहिले पनि जसपाको महन्थ ठाकुर पक्ष ओलीलाई सघाउने पक्षमा छ ।

प्रकाशित मिति: May 15, 2021

प्रतिक्रिया दिनुहोस्