Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

६०० थान अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान उड्यो ओमान

अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको छ ।

गैरआवासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरुप प्राप्त हुने करिब ६०० थान अक्सिजन सिलिन्डर लिन नेपाल एयरलाइन्सको विमान ओमान उडेको हो ।

आज बिहान साढे ७ बजे उडेको उक्त विमान शनिबार साँझ ६ः४० मा नेपाल अवतरण हुने छ ।

शनिबार साँझ नै चीनको बेईजिङमाको लागि पनि उडान भर्ने छ ।बेइजिङमा करिब ४०० थान अक्सिजन कन्सर्नटेटर, ४०० थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिनको लागि विमान पठाउन लागिएको पौडेलले जानकारी दिए ।

जहाज राति ११ बजे बेइजिङ उड्ने एयरलाइन्सले जनाएको छ ।त्यसपछि हरेक दिन ५५० थान सिलिन्डर उत्पादन हुने भएकोले एयरलाइन्सले हरेक दिन नै ए ३३० विमान बेइजिङ पठाउने तयारी गरेको छ ।

 

प्रकाशित मिति: May 15, 2021

प्रतिक्रिया दिनुहोस्