Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 15, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन अस्पताललाई पौने ६ करोड स्वीकृत

अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन अस्पताललाई पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् ।

शुक्रवार पदबहाली पछि कुरा गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको बताए।

अर्थमन्त्री पौडेलले बजेट तयारी अन्तिम चरणमा रहेको र कोभिड महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पकासाथ बजेट ल्याउन लागिएको बताए।

आगामी वर्षको वजेट कोभिड-१९ लाई सामना गर्ने गरी ल्याइने उनको भनाइ छ । कोभिड रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने र यसलाई थप सघन एवं प्रभावकारी बनाइने उनको भनाइ छ ।

प्रकाशित मिति: May 15, 2021

प्रतिक्रिया दिनुहोस्