Logo
१५ बैशाख २०८१, शनिबार
(May 13, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भक्तपुरको रिसोर्टमा जसपाको महन्थ-राजेन्द्र पक्षका सांसदहरु भेला

जसपा नेपालको महन्थ ठाकुर पक्षका सांसदहरूको भेला भक्तपुरको एक होटलमा शुरू भएको छ । भेलामा १९ जना प्रतिनिधिसभा सदस्य सहभागी भएको दावी ठाकुर पक्षले गरेको छ ।

होटलमा महन्थ ठाकुर, राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झासहितका शीर्ष नेताहरू समेत पुगेका छन् । सांसदको संख्या अझै बढ्ने र उपेन्द्र पक्षलाई अर्को दल दर्ता गर्न ४० प्रतिशत पुग्न नदिने प्रयास भइरहेको नेताहरूले बताएका छन् ।

उपेन्द्र यादव पक्षले सांसदहरूलाई घर-घरमा गएर दबाब दिन थालेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समयभित्र एकै ठाउँमा रहने गरी भक्तपुरको होटलमा बोलाइएको ठाकुरनिकट उच्च स्रोतले जानकारी दिएको छ ।

जसपाका ३४ मध्ये हाल ३२ सांसद छन् । यादव पक्षमा १३ सांसद पुग्न नदिने प्रयास भइरहेको ठाकुरनिकट स्रोतले जनाएको छ ।

विश्वासको मत दिने बेला अनुपस्थित भएकी रुही नाज समेत ठाकुर पक्षमा लागेकी छन् ।ठाकुर पक्षमा ठाकुर र राजेन्द्र महतोसहित हाल १९ सांसद देखिएका छन् ।

प्रकाशित मिति: May 13, 2021

प्रतिक्रिया दिनुहोस्