Logo
८ जेष्ठ २०८१, मंगलबार
(May 10, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेका सांसद अनुपस्थित भए ह्वीप उल्लंघनमा कारवाही हुन्छ : उपनेता नेम्वाङ

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्रीले विश्वासको मत दिने बैठकमा सत्तापक्षका सांसद अनुपस्थित हुनु कानूनी रूपमै कारवाहीको विषय बन्ने भएकाले सबै सांसदलाई संसद बैठकमा उपस्थित हुन आग्रह गरेका छन् ।

उनले भने, ‘मुख्य सचेतक विशाल भट्टराईमार्फत ह्वीप जारी भइसकेको छ । कुनै सांसद बैठकमा अनुपस्थित रहनु भएको ह्वीप उल्लंघन हो । मलाई विश्वास छ एमालेका कुनै पनि सांसद अनुपस्थित हुनु हुने छैन । उल्लंघन भयो भने कानुन बमोजिम कारवाही हुन्छ ।’

संवाददाताहरुसँग कुरा गर्दै संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले अनुृपस्थित रहनु संसदीय दलको ह्वीप उल्लंघन हुने र त्यो कारवाही योग्य विषय बन्ने बताए ।

नेम्वाङले दलका मुख्य सचेतकले लिखित ह्वीप जारी गरिसकेको हुनाले सबै सांसदलाई अनिवार्य लागु हुने बताए ।

 

प्रकाशित मिति: May 10, 2021

प्रतिक्रिया दिनुहोस्