Logo
२७ बैशाख २०८१, बिहीबार
(May 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डिभी २०२२ को नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ आफ्नो रिजल्ट!

अमेरिकी डिभी चिट्ठा २०२२ को नतिजा सार्वजनिक भएको छ ।

गए राति डिभी २०२२ को नतिजा सार्वजनिक भएको काठमाडौंस्थित अमेरिकी दूतावासले जनाएको छ । डिभी परे/ नपरेको नतिजा अनलाइन आवेदन दिँदा उपलब्ध गराइएको कन्फर्मेशन नम्बरको आधारमा dvprogram.state.gov वेबसाइटमा गएर निःशुल्क हेर्न सकिनेछ ।

छनौट हुन सफल आवेदकहरूलाई त्यसपछिको प्रक्रियाको बारेमा जानकारी सोही वेबसाइटमा नै उपलब्ध रहेको दूतावासले जनाएको छ ।

डिभी विजेता भनेर कुनै इमेल नआउने तथा भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नमागिनेसमेत अमेरिकी दूतावासले स्पष्ट पारेको छ ।

प्रकाशित मिति: May 9, 2021

प्रतिक्रिया दिनुहोस्