Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 7, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्य मन्त्रालयद्वारा ३ सह सचिवको हेरफेर, जिम्मेवारी निर्वाह गर्न नसकेपछि सूनील तानिए विभागमा

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले  मन्त्रिस्तरीय निर्णयबाट तीन जना सह सचिवको जिम्मेवारी हेरफेर गरेको छ ।

स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले मदनकुमार उपाध्याय, राधिका थपलिया र सुनिलकुमार शर्मालाई परिवर्तन गरेका हुन् ।

मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागको उपचारात्मक महाशाखा प्रमुख मदनकुमार उपाध्यायलाई गुणस्तर मापन तथा नियमन महाशाखाको जिम्मेवारी दिइएको छ ।

स्वास्थ्य, शिक्षा सूचना तथा सञ्चार केन्द्रमा राधिका थपलियालाई पठाइएको छ । उक्त महाशाखा प्रमुख सुनिलकुमार शर्मालाई स्वास्थ्य सेवा विभागमा तानिएको छ।स्वास्थ्य सम्बन्धी प्रचारप्रसार प्रसार गर्ने काम केन्द्रले गर्दै आएको भए पनि शर्माले सेटिङमा बजेट सिध्याउँदै आएका थिए ।

यसअघि पनि लामो समय केन्द्रमा रहँदा करोडौँ रकम सेटिङका एजेन्सीलाई बाडेको आरोप लाग्दै आएका उनले विश्व महामारीका बेलासमेत प्रचार प्रसारको जिम्मेवारी निर्वाह गर्न नसकेपछि मन्त्री त्रिपाठीले विभाग तानेका हुन् ।

केन्द्रमा मुख्य गरी शर्मा र कुञ्जकुमार जोशीले राइँदाइँ गर्दै आएको र सबैतिर मिलाउन सक्ने भएकैले कामै नगर्दा पनि उनीहरू केन्द्रमा टिक्ने गरेको विभाग स्रोतको भनाई छ ।

 

प्रकाशित मिति: May 7, 2021

प्रतिक्रिया दिनुहोस्