Logo
१४ बैशाख २०८१, शुक्रबार
(May 2, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सांसदबाट हटाइएका जसपाका चार नेताको रिट सर्वोच्चबाट फिर्ता

सांसदबाट हटाइएका जसपा नेताको रिट सर्वोच्चबाट फिर्ता भएको छ ।आफूलाई कारवाही गर्ने पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेका जनता समाजवादी पार्टी का चार सांसदको रिट फिर्ता भएको हो ।

सर्वोच्च प्रशासनले हाल कोभिड नियन्त्रयणका लागि निषेधाज्ञा रहेकाले अत्यावश्यक निवेदन मात्र दर्ता गर्ने भन्दै निषेधाज्ञा हटेपछि मात्रै आउन भनेको हो ।

निलम्वित सांसदहरू सन्तोष कुमार पाण्डेय, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डेय आइतबार रिट लिएर सर्वोच्च पुगेका थिए ।सर्वोच्च अदालतले आवश्यक अध्ययन गर्ने भन्दै शुक्रबार दर्ता गर्न मानेको थिएन ।

सर्वोच्चको पूर्ण बैठकले वैशाख ३१ गतेसम्म अत्यावश्यक विषयबाहेकका रिट निवेदन नलिने निर्णय गरेको थियो ।

 

प्रकाशित मिति: May 2, 2021

प्रतिक्रिया दिनुहोस्