Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 27, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जसपाका ६ नेताहरूको अनौपचारिक बैठक जारी

जसपाका ६ नेताको अनौपचारिक बैठक जारी रहेको छ । जनता समाजवादी पार्टी कार्यालय बालकुमारीमा जसपा ६ नेताहरूको बैठक बसेको हो।

बैठकमा नेताहरू महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी रहेका छन् ।
जसपामा अहिले कसलाई साथ दिने भन्ने कुरामा दुई धारमा देखिएका छन् ।

प्रधानमन्त्री केपीशर्मा ओलीको सरकारलाई नै समर्थन गर्ने कि कांग्रेस नेतृत्व नयाँ सरकार बनाउने भन्ने विषयमा जसपा भित्र दुई धार देखिएको छ ।

जसपाको ठाकुर र महतो ओली सरकारलाई नै समर्थन गर्ने पक्षमा देखिएका छन् भने भट्टराई र यादव ओलीलाई जसरी पनि सत्ताबाट निकाल्नु पर्ने पक्षमा छन्।

पार्टीमा देखिएको दुई धार दुई धार भएकाले नयाँ सत्ता समिकरणका लागि निर्णायक जसपा लामो समयदेखि अनिर्णित छ। लामो समय अर्णिनित हुनु हुँदैन भनेर जसपाका कार्यकारिणी सदस्यहरूले छिटो बैठक बोलाउन माग गरेका छन्।

५१ सदस्यीय जसपाको कार्यकारिणी समितिमा भट्टराई र यादव पक्ष स्पष्ट बहुमतमा छ। नेताहरूबीच अहिले भइरहेको बैठकले कार्यकारिणी समितिको बैठक बोलाउने सम्भावना रहेको एक नेताले बताएका छन् ।

वर्तमान सरकार परिवर्तन गर्ने वा कायमै राख्ने भन्नेमा जसपाले प्रष्ट निर्णय गर्न सकेको छैन । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारीमा रहेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले पनि जसपाको निर्णय कुरेर बसेको छ ।

प्रकाशित मिति: Apr 27, 2021

प्रतिक्रिया दिनुहोस्