Logo
२ जेष्ठ २०७८, आईतबार
(April 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णालीका फ्लोर क्रस गर्ने चार सांसद एमालेबाट निश्काशित

नेकपा एमालेले फ्लोर क्रस गर्ने कर्णाली प्रदेशमा चार सांसद एमालेबाट निश्काशित गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको बैठकले  ह्वीप उल्लंघन गर्ने चारजना प्रदेशसभा सदस्यलाई सांसद र पार्टी सदस्यताबाटै हटाएको हो ।

आज बसेको एमालेको महाधिवेशन आयोजक कमिटीको बैठकले पार्टीको ह्वीप उल्लंघन गर्दै कर्णाली प्रदेशका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका सदस्यहरुलाई कारवाहीस्वरुप पार्टी सदस्य र सांसद पदबाट निश्कासन गरेको हो ।

 

प्रकाशित मिति: Apr 23, 2021

प्रतिक्रिया दिनुहोस्