Logo
३ जेष्ठ २०८१, बिहीबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बागलुङको तीन वडामा १० दिनका लागि लकडाउनको घोषणा

गण्डकी प्रदेश स्थित बागलुङको बलेवा क्षेत्र १० दिनका लागि लकडाउनको घोषणा गरिएको छ ।

विद्यालय र समुदायमा ठुलो संख्यामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बैशाख ७ गते राती १२ बजे देखि १७ गते रातको १२ बजे सम्म लकडाउनको घोषणा गरेको हो ।

मङ्गलबार बागलुङ नगरपालिका-१४ नारायणस्थानको जनताधन माविका १९ विद्यार्थीसहित सोही विद्यालय आसपास समुदायका शङ्कास्पद बिरामीको जाँच गर्दा ३९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यसअघि सोही विद्यालयका दुई शिक्षकमा कोरोना संक्रमण देखापरेको थियो । विद्यालयमा अघिल्लो शुक्रबारदेखि नै पठनपाठन बन्द गरिएको छ ।

मङ्गलबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले मङ्गलबार रातिदेखि लागू हुनेगरी लकडाउन घोषणा गरेको हो ।

बागलुङ नगरपालिका-१४ नारायणस्थाल, वडा नं. १२ अमलाचौर र वडा नं. १३ पैञ्युपाटामा दश दिनका लागि लकडाउनको घोषणा गरिएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख तथा जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका स्रोत व्यक्ति सुरज गुरौले जानकारी दिए ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्