Logo
२३ बैशाख २०८१, आईतबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जानकी मन्दिरको माटो र कोशीको जल लिएर माडीमा पुगे २ नम्बर प्रदेश प्रमुख

 प्रदेश नं २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) जानकी मन्दिरको माटो र कोशीको जल लिएर चितवनको माडी पुगेका छन् ।

आज श्रीरामनवमीको अवसर पारेर चितवनको माडीस्थित अयोध्यापुरीमा सीतारामको मूर्ति प्रतिस्थापन गरिँदै छ । उक्त समारोहमा जनकपुरस्थित जानकी मन्दिरभित्रको माटो, गंगासागरको जल, बराह क्षेत्रस्थित चतराधामको माटो र कोशी नदीको जल लिएर अहिराज माडी पुगेका हुन् ।

उनले धार्मिक पर्यटन, सामुदायिक सद्भाव, ऐतिहासिक अवसर र राम जन्मभूमिको महत्वलाई थप बल पुग्ने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्