Logo
२३ बैशाख २०८१, आईतबार
(April 21, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राम नवमी पर्व मनाईंदै, प्रदेश २ मा आज सार्वजनिक बिदा

श्री रामको पुजा आराधना गरि आज रामनवमी पर्व मनाईदैछ । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ।

भगवान् रामको जन्मोत्सव अर्थात रामनवमीको अवसरमा प्रदेश सरकारले बिदा दिएको मुख्यमन्त्री लालबाबु राउतद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । भगवान रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो चाड मनाइन्छ । मुख्यमन्त्री राउतले प्रदेशवासीलाई रामनवमीको शुभकामना पनि दिएका छन् ।

असूर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा आज राम मन्दिरहरुमा पूजापाठ गर्ने चलन रहेको छ ।

त्रेतायुगमा यसै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।देशभरका बिभिन्न पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।

यो दिन जनकपुरको प्रसिद्ध दूधमति नदीमा नुहाई रामजानकी मन्दिरमा पूजापाठ गर्दा मनोकांक्षा प्राप्त हुने जनविश्वास छ ।

 

प्रकाशित मिति: Apr 21, 2021

प्रतिक्रिया दिनुहोस्