Logo
२३ बैशाख २०८१, आईतबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना उच्च गतिमा फैलिएपछि उपत्यकाका सीडिओहरुको बैठक : काठमाडौंमा थप कडाइ गरिने

काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले कोरोना भाइरस नियन्त्रणका लागि सरकारले जारी गरेको आदेशको प्रभावकारी कार्यान्वयन गर्ने निर्णय गरेका छन् ।

मंगलबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका पदाधिकारीहरू समेतको उपस्थितिमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि सरकारले हिजो (वैशाख ६) मा गरेका निर्णय र आदेशको प्रभावकारी कार्यान्वयन गराउन जोड दिने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोरोना संक्रमणबाट बच्न व्यापक रूपमा प्रचार-प्रसार गर्ने, सरोकारवालाहरूसहितको संलग्नतामा अनुगमन गर्ने निर्णय भएको छ ।

सरकारले २०७८ वैशाख मसान्तसम्म भौतिक उपस्थितिमा विद्यालय सञ्चालन नगर्ने, रात्रिकालीन व्यवसाय बन्द गर्ने, भेला, जुलुस तथा आमसभा नगर्ने र विवाह व्रतवन्धजस्ता सामाजिक काममा २५ जनाभन्दा बढी सहभागी हुन नपाउनेलगायतको निर्णय गरिसकेको छ ।

स्थानीय प्रशासनहरूले सरकारको सोही निर्णयलाई कार्यान्वयनमा ल्याएका हुन् ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्