Logo
२३ बैशाख २०८१, आईतबार
(April 20, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालमा पछिल्लो २४ घण्टामा १७३६ जनामा कोरोना संक्रमण पुष्टि, आइसीयू र भेन्टिलेटर खचाखच !

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७३८ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमण भएको हो ।

आज ८ हजार ५५ जनाको पीसीआर गर्दा १ हजार ६६७ जनामा कोरोना देखिएको छ भने ६८३ जनाको एन्टिजेन गर्दा ६९ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ । यीमध्ये ८ हजार ६५९ जना सक्रिय संक्रमित रहेका छन् । आज ७ हजार ९७४ होम आइसोलेसनमा, ६८५ जना संस्थागत आइसोलेसनमा १६० जना आइसीयूमा र ४५ जना भेन्टिलेटरमा रहेको मन्त्रलायले जनाएको छ ।

आज सबैभन्दा धेरै काठमाडौंमा ५५० जनालाई कोरोना देखिएको छ । त्यसपछि बाँकेमा २६९, ललितपुर र रूपन्देहीमा १०५/१०५ जनामा कोरोना पुष्टि भएको छ ।

आज २५१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ । निको हुनेको दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ सय नाघेको छ । नेपालमा ३ हजार १०२ जनाको निधन भएको मन्त्रालयले पुष्टि गरेको छ ।

प्रकाशित मिति: Apr 20, 2021

प्रतिक्रिया दिनुहोस्