Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले आफ्नो गुटमा तान्न जनप्रतिनिधिलाई धम्क्याउन थालेको रावलको आरोप

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गुटमा नआए पद खोस्ने भन्दै जनप्रतिनिधिलाई धम्क्याउन थालेको नेकपा एमालेका नेता भीम रावलले आरोप लगाएका छन् ।

आज दिउँसो सुदुरपश्चिम प्रदेश पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै नेता रावलले जनप्रतिनिधिलाई ओलीले गुटमा तान्न धम्क्याउने गरेको आरोप लगाएका हुन्।

रावलले भने-‘प्रधानमन्त्रीले वडा, पालिका र विभिन्न पदमा निर्वाचित जनप्रतिनिधिहरूलाई गुटमा तान्ने प्रयास गर्दैछन्। प्रधानमन्त्रीले धम्क्याउने र तर्साउने क्रियाकलाप गर्नु निन्दनीय छ ।’

प्रधानमन्त्री ओलीले को जनप्रतिनिधिलाई धम्क्याएको वा तर्साएको भन्नेबारे उनले नाम खुलाएनन्। निर्वाचित प्रतिनिधिको पद प्रधानमन्त्रीले धम्क्याउँदैमा नजाने उनको भनाइ रहेको थियो।

आफूमाथि ओलीले गरेको कारवाही विधानअनुसार नभएकोसमेत उनले बताएका छन् । ओलीले रावललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन्।

नेता रावलले भने,–‘नवौं महाधिवेशनको निर्देशन विपरीत, विधानविपरीत काम गर्ने ओली आफैँ अवैध हुन्, अवैध मान्छेले गरेको कारवाही वैध हुँदैन ।

 

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्