Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 11, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा शव फेला

काठमाडौं स्थित गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा शव फेला परेको छ ।  काठमाडौं महानगरपालिका-२७ मित्र नगर स्थित गोंगबुको गोदावरी सन्तोषी गेस्ट हाउसमा स्याङ्जा घर भएका नारायण बहादुर घर्ती क्षेत्रीको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।

गेस्ट हाउसको कोठा नम्बर २०४ मा शव भेटिएको हो । सो कोठा राजु क्षेत्रीको नामबाट बुक गरिएको गेस्ट हाउसको रेकर्डमा देखिएको छ ।

शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: Apr 11, 2021

प्रतिक्रिया दिनुहोस्