Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउन कांग्रेसले राख्यो माओवादी र जसपासँग प्रस्ताव

कांग्रेस सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समिकरणको लागि बोलाएको तिनदलको बैठकमा आज कुनै सहमति हुन सकेन । नेपाली कांग्रेसले माओवादी केन्द्र र जसपा सामू आफ्नो पार्टीको नेतत्वमा सरकार बनाउने प्रस्ताव राखेको छ ।

माओवादी केन्द्र त्यसमा सहमत भएपनि जसपाले यसबारे छलफल गर्न समय मागेकाले आज(शुक्रबार)को बैठकमा कुनै सहमति हुन सकेन ।

बूढानीलकण्ठस्थित आफ्नै निवासमा बसेको बैठकमा देउवाले पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार माओवादी केन्द्र र जसपासँग मिलेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओली सर्वसत्तावादी बाटोमा अगाडि बढेको भन्दै उनले बैठकमा भने, ‘यस्तो सरकारको नेतृत्वमा लोकतान्त्रिक चुनाव हुन सक्दैन । त्यसेले नयाँ सरकार बनाउन चाहेका छौं । त्यसबारे तपाईंहरुको धारणा के छ ?’

बैठकमा माओवादी केन्द्रले भने वर्तमान सरकारको विकल्प खोज्ने देउवाको प्रस्तावमा सहमति जनाएको छ । तर जसपा नेताहरुले नयाँ सरकारको औपचारिक प्रस्ताव आएकाले पार्टीमा छलफल गर्ने बताएका बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् । यसबारे छिट्टै निर्णय गर्ने उनीहरुले बताए ।
जसपाका नेताहरुले मुद्दा फिर्ता, बन्दीहरुको रिहाई लगायतका मुद्दा पनि रहेको बताएका छन् ।

प्रकाशित मिति: Apr 9, 2021

प्रतिक्रिया दिनुहोस्