Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 8, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वराजा ज्ञानेन्द्र शाह आज भारत जादैँ, मोदीलाई भन्दा पूर्वराजालाई दिइयो उच्च सम्मान

पूर्वराजा ज्ञानेन्द्र शाह र पन्नी कोमल शाह आज भारत जादैँ छन् । उनीहरु भारतको हरिद्वारमा लाग्ने कुम्भमेलामा स्नान गर्नका लागि भारत जान लागेको बताइएको छ ।

भारत बसाईका क्रममा भाजपाका उच्च तहका नेता, धार्मिक नेता र मोदीका खास व्यक्तिले पूर्वराजासँग कुराकानी गर्ने स्रोतले बताएको छ ।

पूर्वराजा र त्यहाँका प्रधानमन्त्री मोदीबीच भेट हुने या नहुने भन्नेबारे केही नखुलाइएको स्रोतले जानकरी दिएको छ । विश्वका एक मात्र

हिन्दू नरेशका रुपमा उनलाई आयोजकले यस्तो सम्मान दिएको हो। आयोजकले पूर्वराजालाई ‘श्री ५’कै सम्मान दिएको छ। यति मात्र नभएर भारतीय प्रधानमन्त्री मोदी अगाडि नै पूर्वराजा ज्ञानेन्द्रले कुम्भ स्नान गर्ने व्यवस्था मिलाइएको छ।

महाराष्ट्रका राज्यपाल तथा उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीले पूर्वराजासँग गोप्य वार्ता गर्ने तय भएको उच्च स्रोतको दाबी रहेको छ ।

 

प्रकाशित मिति: Apr 8, 2021

प्रतिक्रिया दिनुहोस्