Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कांग्रेस छाडेर एमाले प्रवेश गरेका व्यवसायीलाई ‘लाभको पद’ उपहार !

कांग्रेस छाडेर एमाले प्रवेश गरेका व्यवसायीलाई सरकारले ‘लाभको पद’ उपहार दिन थालेको छ ।

विराटनगरका व्यववसायी किशोर प्रधानलाई सरकारले नेपाल वायु सेवा निगमको सञ्चालक समिति सदस्यमा नियुक्त गरेको छ । प्रधानसहित २३५ जना व्यवसायी १८ दिन अघि एमालेमा प्रवेश गरेका थिए । उनीहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा डाकेर पार्टी प्रवेश गराएका थिए ।

त्यसलगत्तै पद प्राप्त गर्नेमा प्रधान भाग्यमानी बनेका छन् । मंसीरमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उनी वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालसँग पराजित भएका थिए । त्यसभन्दा अघिल्लो निर्वाचन पनि वरिष्ठ उपाध्यक्षमा शेखर गोल्छासँग पराजित भएका थिए ।

प्रधानलाई तीन दशक महासंघको राजनीतिमा रहँदा पदमा रहनैपर्ने लत लागिसकेको उनी निकट व्यवसायीहरू बताउँछन् । सरकारबाट लाभ प्राप्त गर्ने आश्वासनमै उनी आफ्नो नेतृत्वमा २३५ व्यवसायी लिएर एमाले प्रवेश गरेका थिए ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्