Logo
२६ असार २०८२, बिहीबार
(April 9, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देश दर्शन अभियानमा प्रदेश प्रमुख डा. झा, आज लमजुङको च्याम्चे झरना हेर्दै

प्रदेश नं २ का प्रदेश प्रमुख डा. राजेश झा अहिराज देश दर्शन अभियान अन्तर्गत आज लमजुङमा रहेको च्याम्चे झरना हेन पुगेका छन् ।

प्रदेशप्रमुख झाले यो भ्रमणको मुख्य उदेश्य भनेको आन्तरिक पर्यटनको बिकास गरौ भन्ने रहेको बताएका छन् । उनले भने ‘लमजुङ को च्याम्चेमा रहेको झरना कस्तो रमणीय ।’

प्रदेश प्रमुख झाको ‘देश घुमौ, देश बुझौ’ अभियानमा मनाङ, मुस्ताङ, लमजुङ, तनहुँ, गोरखा, नुवाकोट लगायतका जिल्लाको भ्रमण योजना रहेको बताएका छन् ।

प्रदेश प्रमुख झाले देश दर्शन कार्यक्रममा आज लमजुङ को च्याम्चेमा रहेको रमणीय झरना हेर्न पुगियो भन्दै उक्त झरनको एक फोटो पोष्ट गरेका छन् ।

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्