Logo
८ बैशाख २०८१, शनिबार
(April 6, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रक्तदानमा युवा सहभागिता बढाउनुपर्छ : प्रदेश २ प्रमुख डा. झाअहिराज

प्रदेश २ का प्रमुख डा.राजेश झा अहिराजले रक्तदानमा युवा सहभागिता बढाउनु पर्ने बताएका छन् ।

उनले नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसञ्चार सेवा, कालिमाटीमा पुगी सोमबार ३२ औं पटकको रक्तदान गरेका छन्  ।प्रमुख झाले रक्तदान पश्चात भने ‘रक्तदानमा युवा सहभागिता बढाउनुपर्ने छ, म नियमित रक्तदाता भएकोमा गर्व गर्दछु।’

नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्दशक उमेश प्रसाद ढकालले रक्तदाता पीन लगाइदिदै रेडक्रसबाट सञ्चालित रक्तसञ्चार सेवाका बारेमा जानकारी गराएका थिए ।

रक्तदान गरेकोमा धन्यवाद पत्र दिदैँ केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले सुलभ, गुणस्तरीय र मर्यादित सेवा : नेपालको रक्तसञ्चार सेवाको अवधारणा बमोजिम रक्तसञ्चार गतिविधि अघि वढाइएको बताए ।

प्रदेश २ मा रक्तसञ्चार सेवाको स्तर बृद्धि गर्न नेपाल रेडक्रसलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे र समुदाय केन्द्रीत चेतना कार्यक्रम बढाउन देश भरीका रक्तसञ्चार केन्द्रलाई सुझाव दिए ।

रक्तदानको लागि कालिमाटी, केन्द्रीय रक्तसञ्चार सेवामा आइपुग्दा उनलाई केन्द्रका कर्मचारीहरुले स्वागत् गरेका थिए ।

 

प्रकाशित मिति: Apr 6, 2021

प्रतिक्रिया दिनुहोस्