Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 4, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुदूरपश्चिमका ३ जनामा नयाँ प्रकारको कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिम प्रदेशमा ३ जना नयाँ प्रकारको कोरोना संक्रमित भेटिएको छ ।

त्रिनगर नाकाबाट भित्रिएका कञ्चनपुर, डडेल्धुरा र डोटीका एक र एक जनामा कोरोनाको नयाँ भेरिएन्ट पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

नाकाबाट भित्रिएका २० जनाको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा तीन जनामा नयाँ भेरिएन्टको कोरोना संक्रमणको पुष्टि भएको उनले बताए ।

उनले नयाँ भेरिएन्ट पुष्टि भएपनि कुन प्रकारका हो भनेर पुष्टि नभएको पनि बताए ।कञ्चनपुरको कृष्णपुर नगरपालिका, डडेल्धुराको परशुराम नगरपालिका र डोटीको जोरायल गाउँपालिकाका ती संक्रमित हाल होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: Apr 4, 2021

प्रतिक्रिया दिनुहोस्