Logo
१४ बैशाख २०८१, शुक्रबार
(April 1, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भोली देशका ११ जिल्लामा हात्तीपाइलेको औषधि खुवाइँदै

भोलि सरकारले ११ जिल्लाका स्थानीयलाई हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउन लागेको छ ।

यो वर्ष झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा हात्तीपाइलेविरूद्ध औषधि खुवाउन लागिएको हो ।

मानिसलाई अशक्त र अपांग बनाउने हात्तीपाइले एक सरूवा रोग हो ।  दुई वर्ष उमेर नपुगेका बालबालिकाहरू, गर्भवती र सात दिनसम्मका सुत्केरी तथा ओछ्यान परेका सिकिस्त बिरामीहरूले हात्तीपाइलेविरूद्ध औषधि खान नहुने स्वास्थ्य सेवा विभागको भनाइ छ ।

सम्बन्धित जिल्लाका बिभिन्न स्वास्थ्य केन्द्रहरुबाट औषधी बितरण हुनेछ ।

प्रकाशित मिति: Apr 1, 2021

प्रतिक्रिया दिनुहोस्