Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 28, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरबेटीकी छोरीलाई घुमाउन भन्दै एक युवकले होमस्टेमा लिएर गएपछि…!

अहिलेको समयमा केसैको पनि पूर्ण विश्वास गर्ने अवस्था छैन । अहिले महिलामाथी हिंसा प्राय चिनजान गरेकै व्यक्तिबाट बढी हुने गरेको हामीले पाउँछौ ।

त्यसमाथी पनि बलत्कार त धेरै जसो आफन्त र नजीकका चिनेजानेका मानिसबाट नै हुने गरेको घटना बढी रहेको छ ।

त्यस्तै घटना नेपालगञ्चमा पनि भएको छ । नेपालगञ्जमा एक युवकले आफू बस्ने घरमालिककी जवान छोरीलाई घुम्न जाउ भनेर प्रताव घुम्न जाने प्रस्ताव राखे। त्यसपछि युवकले आमासँग घुमाउन अनुमति लिए र ती युवती त्यस युवकसँग घुमन बाँकेकै गाभर उपत्यकाको होम स्टेमा लिएर गए ।

त्यसपछि युवकले यवतीसँग गरेको क्रियाकलापले युवकलाई सिधै प्रहरीले पक्राउ गरेको छ ।बाँकेको नेपालगञ्ज उपमहानगरपालिका २० राँझा घर भएकी १९ वर्षीया युवतीलाई होमस्टेमा पुर्‍याई करणी गरेको आरोपमा २४ वर्षीय मिमबहादुर बुढा पक्राउ परेका हुन् ।

बाँकेका निमित्त प्रहरी प्रमुख डिएसपी सुवास खड्काका अनुसार पक्राउ परेका बुढा हुम्लाको सर्केगाड गाउँपालिका १ घर भई दस वर्षदेखि युवतीको नेपालगञ्जस्थित घरमा भाडामा बस्दै आएका थिए ।

बुढाले युवतीकी आमासँग गत मंसिर ५ गते हामी सँगै घुम्न जान्छौ भनेर अनुमति लिएका थिए । त्यसपछि उनीहरु बाँकेको बैजनाथ गाउँपालिका १ गाभर भ्यालीको होमस्टेमा गएका थिए ।

प्रहरीका अनुसार त्यहाँ पुगेपछि उनले जुसमा उक्त कुरा राखेर दिएका थिए । युवती बेहोस भएपछि उनले करणी गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । पछिल्लो समय देशैभर यस्ता घटनामा बृद्धि भएको पाइएको छ ।

प्रकाशित मिति: Mar 28, 2021

प्रतिक्रिया दिनुहोस्