Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 25, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुरक्षाका मापदण्ड अपनाएर मात्रै सबै शिक्षण संस्था सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन

शिक्षा मन्त्रालयले कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पूर्ण पालना गरेर मात्रै विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसहित विभिन्न निकायका पदाधिकारीको बिहीवार बसेको बैठकले सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न निर्देशन दिएको हो ।

शिक्षण संस्थाहरूमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्ने, साबुन पानीले हात धुने, ज्वरो नाप्ने र कसैमा सङ्क्रमणको लक्षण पाइएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने नियमलाई पूर्ण पालना गर्न मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै शिक्षण संस्थाहरूमा सभा, समारोह, वार्षिक उत्सवजस्ता भिडभाड हुने प्रकृतिका कार्यक्रमको आयोजना नगर्नसमेत मन्त्रालयले निर्देशन दिएको छ ।

विद्यालयहरूले दैनिक पठनपाठन सञ्चालन गर्दा भिडभाड नहुने गरी गरी सञ्चालन गर्नुपर्ने र विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा २०७७ को पूर्णरूपमा कार्यान्वयन गर्न पनि मन्त्रालयले सचेत गराएको छ ।

केही दिनयता कोरोना संक्रमण दर बढ्दै गएपछि सरकारले नै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: Mar 25, 2021

प्रतिक्रिया दिनुहोस्