Logo
१४ बैशाख २०८१, शुक्रबार
(March 23, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङमा स्कुल बस दुर्घटना हुदाँ एक जनाको मृत्यु, १५ घाइते

लुम्बिनी प्रदेश स्थित दाङको तुलसीपुरमा ज्ञानज्योति कलेजको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा परी १५ जना घाइते भएका छन् ।

दुर्घटनामा परेर ११ कक्षामा अध्ययनरत १८ वर्षीय सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

बस्नेतको घटनास्थलमै मृत्यु भएको र चौधरीको राप्ती प्रादेशिक अस्पतालमा उपचारको क्रममा निधन भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।दाङको डुरुवाबाट विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको रा १ क ४३३ नम्बरको बस ब्रेक फेल भई सरैयामा दुर्घटना भएको हो ।

 

प्रकाशित मिति: Mar 23, 2021

प्रतिक्रिया दिनुहोस्