Logo
६ जेष्ठ २०८१, आईतबार
(March 19, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाहीमा २ किलो गाँजासहित एक युवक पक्राउ

प्रदेश नं २ स्थित सर्लाहीबाट २ किलो गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सबार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तान झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Mar 19, 2021

प्रतिक्रिया दिनुहोस्