Logo
६ जेष्ठ २०८१, आईतबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्नपूर्ण पोस्ट पत्रिकाका २८ जना पत्रकारले दिए सामुहिक राजीनामा

राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले सामूहिक राजीनामा दिएका छन् ।

पत्रिका बन्द गर्न लागिएकाले राजीनामाका लागि व्यवस्थापन पक्षले दबाब दिएको भन्दै बिनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारीसहित २८ जनाले सम्पादक अखण्ड भण्डारीलाई सामूहिक राजीनामा बुझाएका हुन् ।

उनीहरूले लकडाउनका बेलादेखि बाँकी पारिश्रमिक दिन पनि माग गरेका छन् ।व्यवस्थापन पक्षको दबाबका कारण बाध्य भएर राजीनामा दिनुपरेको उनीहरूले उल्लेख गरेका छन् ।

कोरोना महारी तथा अन्य विभिन्न कारणबस संस्था घाटामा गएको हुँदा पत्रिका बन्द गर्न लागिएको बताइएको छ । यद्दपी यसबारे पत्रिकाले आफ्नो आधिकारीक धारणा सार्वजनिक गरेको छैन् । टुडेपाटी

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्