Logo
६ जेष्ठ २०८१, आईतबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१ करोड ८५ लाख जरिवाना भएपछि फरार रहेको उपेन्द्रप्रसाद ढुङ्गाना पक्राउ

नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरोले बैंकिङ कसुर मुद्दामा १ करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ।

(सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले  एक करोड ८५ लाख जरिवाना गरेपछि फरार रहेका झापाका ५१ वर्षीय उपेन्द्रप्रसाद ढुङ्गानालाई मंगलबार पक्राउ गरेको हो ।

ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक गङ्गा पन्तले उच्च अदालत पाटनको विसं २०७७ माघ ५ को फैसलापछि एक महीना कैद र बिगोबमोजिम एक करोड ८५ लाख जरिवाना ठहर गरेपछि फरार रहेका ढुङ्गानालाई मंगलबार धुम्बाराहीबाट पक्राउ गरिएको जानकारी दिए।

पक्राउ परेका ढुङ्गानाले आफ्नो प्रभु बैंक लिमिटेड सुकेधाराको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए।

उच्च अदालतले ढुङ्गानालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो।

पक्राउ परेका ढुङ्गानालाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता पन्तले बताए।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्