Logo
६ जेष्ठ २०८१, आईतबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रण बाहिर

प्रदेश नं १ स्थित ओखलढुङ्गाको चिशङ्खुगढीको वन क्षेत्रमा मंगलबारदेखि शुरु भएको आगो अझै निभाउन सकिएको छैन ।

सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने सुरक्षाकर्मी अग्निरेखासमेत बनाएर नियन्त्रण प्रयास गरेका छन् ।

आगो निभाउन विभिन्न निकायका ६० भन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । कति वन क्षेत्रमा कस्तो क्षति भयो भन्ने कर्मचारी खटाएर बुझ्ने प्रयास भइरहेको डिभिजन वन कार्यालयका प्रमुख ज्ञानकुमार लामाले बताए ।

सुरक्षाकर्मीलाई समेत आगो निभाउन कठिन भएको त्यहाँ खटिएका सुरक्षाकर्मीले बताएका छन् । हावाका कारण निभेका क्षेत्रमा आगो पुनः सल्किएको छ ।

खटाइएका सुरक्षाकर्मीलाई खानेपानी तथा खाजा खानाको समेत समस्या परेको छ । पानी नभएको र आगो निभाउन स्याउलाले प्रयास भइरहेको छ । खटाइएका सुरक्षाकर्मी फर्किएका छैनन् ।

निरन्तरको प्रयासबाट पनि आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

कसरी आगो लाग्यो भन्ने यकिन नभएकाले अनुसन्धान गरिने उनको भनाइ छ । आगोलाई बस्तीमा जान नदिन सुरक्षाकर्मी बस्ती जोगाउनतिर लागेका छन् ।

वन क्षेत्रमा भने अझै आगो बलिरहेको छ । स्थानीय बासिन्दाको समेत सहयोगमा आगो निभाउन प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

कति वन क्षेत्रमा क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्