Logo
६ जेष्ठ २०८१, आईतबार
(March 18, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली कांग्रेस नेता अशोक कोइरालाको निधन

प्रदेश नं १ स्थित मोरङका नेपाली कांग्रसका पुराना नेता अशोक कोइरालाको निधन भएको छ ।

निमोनियाबाट पीडित ७७ वर्षीय कोइरालाको विराटनरको न्यूरो अस्पतालमा उपचारकै क्रममा बुधबार राति निधन भएको हो ।

कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति भएका थिए । उनी प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिलो मेयर भएका थिए ।

उनी राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि भएका थिए ।उनी हाल कांग्रेस महासमिति सदस्य थिए ।

पूर्वप्रधानमन्त्री तथा सभापति स्व। सुशिल कोइरालाका सहोदर भाई कोइराला नेपाल विद्यार्थी संघका संस्थापक सदस्यमध्येका एक थिए ।

शेरबहादुर देउवा नेपाल विद्यार्थी संघका अध्यक्ष हुँदा कोइराला उपाध्यक्ष भएको काँग्रेस नेता डा. शेखर कोइरालाले जानकारी दिए ।

उनका एक छोरा र एक छोरी छन् । उनको आजै मोरङको सिंघीया घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।

प्रकाशित मिति: Mar 18, 2021

प्रतिक्रिया दिनुहोस्