Logo
६ जेष्ठ २०८१, आईतबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घाँस काट्न गएकी दल्ली रावतको बाघको आक्रमणबाट मृत्यु

लुम्बिनी प्रदेश स्थित बर्दियाको ठाकुरबाबा नगरपालिका–७ मोहनपुर बस्ने ६२ वर्षीय दल्ली रावतलाई बाघले आक्रमण गर्दा मृत्यु भएको छ ।

मङ्गलबार घाँस काट्न भनी घरबाट रावतसहित तीन महिला बर्दिया राष्ट्रिय निकुञ्जको बगौरा भन्ने स्थानमा गएका थिए ।

बाघले रावतलाई आक्रमण गरेको थाहा पाउँदा निकुञ्ज सुरक्षार्थ खटिएका देवीदत्त नेपाली सेनाका गणपति दिनेश कार्कीको टोली र इलाका प्रहरी कार्यालय बगनाहाबाट गएको संयुक्त टोलीले आज शव फेला पारेको छ ।

रावतको शव परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्