Logo
६ जेष्ठ २०८१, आईतबार
(March 17, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जङ्गली हात्तीको आक्रमणबाट कृतिमान खातीको मृत्यु

प्रदेश नं २ स्थित झापामा जङ्गली हात्तीको आक्रमणबाट आज बिहान घाइते भएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलाम देउमाई नगरपालिका-१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती छन् । उनी आज बिहान बुद्धशान्ति गाउँपालिका-२ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकामा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो ।

मेची अस्पतालमै उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।उनीसँगै अर्जुनधारा नगरपालिका-१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली पनि घाइते भएका थिए ।

उनको सामान्यावस्था रहेको र बुधबारेस्थित लिभिङ होम पोलिक्लिनिकमा उपचार भइरहेको छ । उनीहरु दुवै ट्याक्टर मजदूर हुन् ।

प्रकाशित मिति: Mar 17, 2021

प्रतिक्रिया दिनुहोस्