Logo
६ जेष्ठ २०८१, आईतबार
(March 16, 2021)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिन्धुलीमा जिप दुर्घटना : दुई वर्षका बच्चा सहित ४ को मृत्यु, ७ जना घाइते

बागमती प्रदेश अन्तरगत पर्ने सिन्धुली जिल्लामा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेहरुमा कमलामाई-७ का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

घाइते ७ जनामध्ये दुईको अवस्था गम्भीर रहेको प्रजिअ न्यौपानेले बताए । घाइतेमध्ये एक जना चालक रहेको पनि उनले बताए ।

सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

उनीहरुको सदरमुकामस्थित अस्पतालमा उपचार भइरहेको र गम्भीर घाइते भएकाहरुलाई काठमाडौं पठाउन लागिएको मेयर खत्रीले जानकारी दिए ।

प्रकाशित मिति: Mar 16, 2021

प्रतिक्रिया दिनुहोस्